यो साता ९ फाइनान्स कम्पनीको शेयरमूल्य घट्यो, अन्य कुनको अवस्था कस्ता ? एलटीपी सहित

१६ भाद्र २०८०, शनिबार ०९:५९

काठमाडौं । यो साताको अन्तिम कारोबार बुधबार रोकिएको छ । उक्त दिन नेप्सेमा कारोबारमा आएका १९ कम्पनीको शेयरमूल्य स्थिर रहँदा ७९ कम्पनीको बढ्यो भने १३१ कम्पनीको शेयरमूल्य घटेको छ ।

बुधबार नेप्से २ अंकले घटेसँगै फाइनान्स उपसूचक ०.२७ प्रतिशतले घटेको छ । बुधबार फाइनान्स सेक्टरबाट कुल १५ कम्पनीको शेयर कारोबारमा आएको थियो । जसमध्ये ५ कम्पनीको शेयरमूल्य बढ्दा ९ कम्पनीको घट्यो भने गुह्येश्वरी बैंक तथा मर्चेन्टको शेयरमूल्य स्थिर रहेको छ ।

उक्त दिन मल्टिपर्पाेस फाइनान्सको शेयरमूल्य सर्वाधिक १.७१ प्रतिशतले बढेको हो भने गुडविल फाइनान्स को सर्वाधिक १.८१ र सेन्ट्रल फाइ्रनान्सको १.१९ प्रतिशतले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*