विकास बैंकको शेयरमूल्य ३ सय मुनि नै किन्न पाईने, कुनको शेयर मूल्य कति ?
१६ भाद्र २०८०, शनिबार १२:००
काठमाडौं । बुधबार नेप्से परिसूचक २ अंकले घटेर १९९० को विन्दुमा कायम रहदा विकास बैंक परिसूचक ०.०५ प्रतिशतले घटेको छ ।
सोही दिन कारोबारमा आएका जम्मा १६ विकास बैंकमध्ये ७ बैंकको शेयरमूल्यमा वृद्धि आयो भने ६ कम्पनीको शेयरमुल्यमा गिरावट आएको छ । बुधबार ज्योति, मुक्तिनाथ र नारायणी विकास बैंकको शेयरमूल्यमा भने उत्तारचढाब आएको छैन् ।
बुधबार सिन्धु विकास बैंकको शेयरमुल्य सर्वाधिक १.१४ प्रतिशतले बढेको छ । साङग्रीला विकास बैंकको शेयरमूल्य सर्वाधिक ०.९५ प्रतिशतले घटेको छ ।