लाभांश खानेबेलामा बैंकहरुको शेयरमूल्यमा सामान्य बृद्धि, कुनको कारोबार कतिमा भयो ? (एलटीपीसहित)
काठमाडौं । लाभांश खानेबेलामा संचालनमा रहेका वाणिज्य बैंकहरुको शेयरमूल्य सामान्य अंकले बृद्धि भएका छन् । बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने समयमै बैंकहरुको शेयरमूल्य बृद्धि भएको हो ।
नेपाल स्टक एक्सचेन्जको आधारमा यो साता कारोबारको अन्तिम दिन (बुधबार) शेयरबजार २.८२ अंकले घटेर १९९० को विन्दुमा कायम भएको छ । बजारमा गिरावट आएसँगै अधिकांश उपसूचक राताम्मे भएका छन् । बुधबार बैंकिङ्ग उपसूचक ०।०६ प्रतिशतले घटेको छ ।
बुधबार बैंकिङ उपसूचकमा कारोबार भएका १९ वाणिज्य बैंकहरुमध्ये १० बैंकको शेयरमूल्य बढेको छ भने ८ वटाको घट्दा एक बैंकको चाँही स्वहीमूल्यमा शेयर कारोबार भएको छ । वाणिज्य बैंकहरुको बुधबार भएको शेयर कारोबारको आधारमा एभरेष्ट बैंकलाई पछि पार्दै एनआईसी एशिया बैंक अग्रस्थानमा रहेको छ । बुधबार बैंकको शेयरमूल्य प्रतिकित्ता ७८८ रुपैयाँ रहेको नेप्सेले देखाएको छ ।
यो साता शेयर कारोबारको अन्तिम दिनमा एभरेष्ट बैंकको ६०४ रुपैयाँ, नबिल बैंकको ५८७ रुपैयाँ, स्टाण्डर्ड चार्टड बैंकले ५६० रुपैयाँ, नेपाल एसबिआई बैंकको ३३१ रुपैयाँ र कुमारी बैंकको शेयरमूल्य १५७ रुपैयाँले सबैभन्दा कम रहेको छ ।
यो साता कारोबारको अन्तिम दिनमा लक्ष्मी सनराइज बैंकको शेयरमूल्य २ दशमलव २० प्रतिशतले सर्वाधिक बृद्धि भएको छ । दोस्रो नम्बरमा रहेको हिमालयन बैंकको शेयरमूल्य १.११ प्रतिशत र नेपाल एसबिआई बैंकको सबैभन्दा बढी ४.०४ प्रतिशतले शेयरमूल्य घटेको छ ।