भगवती हाइड्रोपावरको आईपीओ सोमबार बाँडफाँड हुने, कतिले पाउछन् शेयर ?

१५ भाद्र २०८०, शुक्रबार १२:५६

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ सोमबार (भदौ १८) गते बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले बुधबार प्रिअलटमेन्टको काम सम्पन्न भएको जानकारी दिएको छ ।

कम्पनीको आइपीओमा अन्तिम दिन सम्ममा १३ लाख ८८ हजार ११५ जनाले एक करोड ५३ लाख ३ हजार ६५० कित्ताका लागि आवेदन दिएका थिए । यो मागभन्दा २१.४८ गुणा बढी आवेदन हो । आईपीओमा आवेदन दिने १३ लाख १६ हजार बढी लगानीकर्ताहरुको हात रित्तो हुने भएको छ । जसमा ७१ हजार २२२ जनाले १० कित्ताका दरले शेयर पाउने भएका छन् ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आइपीओ बिक्री गरेको थियो । जसमा ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन खुला गरेको थियो । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेको कारणले गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*