रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सातौं वर्षमा प्रवेश

१५ भाद्र २०८०, शुक्रबार ११:५७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड सातौं वर्षमा प्रवेश गरेको छ । कम्पनी ऐन २०६३ र बीमा ऐन २०४९ अन्तर्गत २०६४ सालमा दर्ता भएको कम्पनीले २०७४ भदौ १५ गतेबाट सेवा शुभारम्भ गरेको थियो ।

सातौं वार्षिकोत्सवको अवसरमा सोमबार कम्पनीले वीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियामक निकाय, शेयरधनी, कर्मचारी, सरोकारवाला एवं शुभेच्छुकहरुप्रति धन्यवाद ज्ञापन गरेको छ ।
कम्पनीको हालको चुक्ता पुँजि २ अर्ब ८० करोड रुपैयाँ रहेको छ। कम्पनीको जगेडा कोषमा १ अर्ब ४७ करोड ९९ लाख रुपैयाँ र बीमा कोषमा ६ अर्ब ६३ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।
नेपाली जनताले बीमाको लाभ लिनुपर्छ भन्ने उद्देश्यले कम्पनी स्थापना गरिएको अध्यक्ष उदय नेपाली श्रेष्ठले बताए । बीमितहरुलाई अधिकतम आर्थिक सुरक्षा र बोनस लगायत सम्पूर्ण रुपमा लाभान्वित गर्ने कम्पनीले वार्षिकोत्सवको अवसरमा प्रतिबद्धता व्यक्त गरेको छ ।

कम्पनीका हरेक शूचांकहरु राम्रो रहेको प्रमुख कार्यकारी अधिकृत लोहनी बताउँछन् । ‘कम्पनी अपरेसनमा आएको दिनदेखि सर्वाधिक नम्बरको बीमा बेच्न सफल भएका छौं,’ उनले भने ।
डिजिटल माध्यमबाट खरिद तथा भुक्तानी गर्नका लागि सुरु गरिएको अनलाइन सेवासमेत प्रभावकारी बनेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*