सिद्धार्थ प्रिमियर इन्स्योरेन्स मर्जरपछि थप व्यवसायीक रुपमा सशक्त बन्दै, सर्वाधिक बीमालेख जारी गर्न सफल

१५ भाद्र २०८०, शुक्रबार ११:४८

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स मर्जरपछि थप व्यवसायीक रुपमा सशक्त बन्दै गईरहेको छ । कम्पनी साउन महिनामा सबैभन्दा बढी बीमालेख जारी गर्न सफल भएको छ ।

साबिक सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स आपसमा मर्ज भई बनेको ‘सिद्धार्थ प्रिमियर इन्योरेन्स’ले चालु आव २०८०र८१ को पहिलो महिना साउनमा सबैभन्दा बढी बीमालेख जारी गरेको छ । कम्पनीले साउनमा मात्रै २७ हजार १८४ वटा बीमालेख जारी गरेको छ ।

वित्तीय तथ्याङ्कअनुसार इन्स्योरेन्सले ४२ करोड ५० लाख ४२ हजार रुपैयाँ प्रियिमय संकलन गर्न सफल भएको छ । यसका साथै कम्पनीले १ खर्ब ३७ अर्ब ८३ करोड ६२ लाख रुपैयाँ बीमांक रकमको साढे ४२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो ।

समग्र निर्जीवन बीमा व्यवसाय ११ प्रतिशतले घट्दा सिद्धार्थ प्रिमियरले साढे ४२ करोड रुपैयाँ प्रिमियम संकलन गरेको हो । गएको वर्ष साविक सिद्धार्थ इन्स्योरेन्स एक्लैले ३० करोड ६२ लाख रुपैयाँ र साबिक प्रिमियरले २१ करोड २५ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।

निर्जीवन बीमा व्यवसायमा अब्बल मानिने शिखर र नेको इन्स्योरेन्सले समेत साउन महिनामा ३५ करोड रुपैयाँ प्रिमियमसमेत संकलन गर्न नसकिरहँदा सिद्धार्थ प्रिमियरले भने अन्य कम्पनीको तुलनमा उत्कृष्ट व्यवसाय गरिरहेको तथ्यांकले देखाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*