नेशनल लाइफको काठमाण्डौ शाखाद्वारा आयोजित अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको काठमाडौ शाखाद्वारा चियरपर्सन क्लवमा सहभागिता जनाउन सफल तथा मासिक रुपमा बिभिन्न समयमा स्किम पुरा गर्न सफल अभिकर्ता (लिडर)हरुलाइ एक कार्यक्रमको आयोजना गरी सम्मानित गरेको छ ।
शुक्रवार काठमाण्डौ शाखा कार्यालय घण्टाघरमा एक बिशेष कार्यक्रमकाबीच कम्पनीका क्षेत्रीय प्रबन्धक सुमोद थापाद्वारा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । कम्पनीका बिकाश अधिकृत प्रशान कपालिले स्वागत मन्तव्य व्यक्त गरेका थिए । स्वागत मन्तव्यका क्रममा कपालीले लक्ष्य प्राप्तिका लागि कम्पनीले अभिकर्ताहरुलाइ निरन्तर रुपमा प्रोत्साहित गर्दै अघि बढ्ने बताए ।
उक्त अवसरमा कम्पनीले बिभिन्न समयमा मासिक रुपमा दिईएको लक्ष्य घलेगाऊँ, कोशिटप्पु, नारायणी क्रुज,रानीमहल,बल्थली भिलेज रिसोर्ट लगायत नेशनल रत्न,चियरपर्सन क्लब जस्ता लक्ष्य हाँसिल गर्न सफलता प्राप्त गरेका अब्बल अभिकर्ताहरुलाई क्षेत्रीय प्रवन्धक सुमोद थापाले टीका, रुद्राक्षको मालाका साथै शाखा प्रवन्धक जयराम धितालले प्रमाण पत्र (मायाको चिनो) प्रदान गरी नयां स्किमबारे विमर्श गरि सहभागी अभिकर्ताहरुलाई उत्साह प्रदान गरेका थिए ।
कम्पनीका क्षेत्रीय प्रवन्धक सुमोद थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहायक क्षेत्रीय प्रवन्धक रबिन्द्र शाक्य,काठमाण्डौ शाखा प्रबन्धक जयराम धिताल तथा विकास अधिकृत प्रशान कपालीको समुपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको बारेमा प्रकाश पार्दै कम्पनीका क्षेत्रीय प्रबंधक सुमोद थापाले यस्ता कार्यक्रमले बीमा क्षेत्रमा कर्म गरिरहेका अभिकर्ताहरुको उत्शाहबृद्धि हुनुका साथै लक्ष्य हाशिलमा बल पुग्ने बताउंदै ब्यापार अभिबृद्धी गर्नमा सघाउ पुर्याउँदै बीमामा सर्वसाधारणको सहज पहुंच पुर्याउन मद्धत गर्ने कुरा बताएका थिए ।
कार्यक्रममा सम्मानित अभिकर्ताहरुमध्येबाट गत आर्थिक वर्षमा सर्वाधिक बीमालेख जारी गर्न सफल अभिकर्ता भरत दुलाल, शुष्मा प्रधान तथा सरिता मार्जनले आफ्नो संघर्ष र अनुभव बताएका थिए ।