आजदेखि तातोपानी नाका सर्वसाधारणका लागि खुला, स्थानीयले एक वर्षको पास पाउने

१५ भाद्र २०८०, शुक्रबार १०:०९

काठमाडौं । चीनसँगको उत्तरी सीमानामा रहेको तातोपानी नाका आजदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजदेखि खुल्ने भएको हो ।

गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो ।

यसअघि मानिस आवतजावत भने खुल्न सकेको थिएन तर आजदेखि स्थानीयको आवागमन खुल्ला गरिएको छ । सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*