सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड हुँदै, कतिको होला हात खाली ?

१५ भाद्र २०८०, शुक्रबार ०५:५६

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीको आइपीओ आज बिहान ८ बजे बाँडफाँट हुँदैछ ।इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालयमा सो आईपीओ बाँडफाँट गरिने जनाएको छ ।

बिक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओमा मागभन्दा २।३२ गुणा बढी आवेदन परेको छ । माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँड गरिनेछ । यस अनुसा

र ७ लाख ६८ हजार जनाले मात्र इन्स्योरेन्सको शेयर प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा ७६ लाख ८० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*