इकाइधनीलाई आकर्षक प्रतिफल दिने ‘हिमालयन ८०–२०’ योजनामा लगानीकर्ताको आकर्षण बढ्दै, ८ करोड इकाइका लागि खरिद आवेदन
काठमाडौं । हिमालयन म्युचुअल फन्डअन्तर्गतको पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ योजनामा लगानीकर्ताको आकर्षण बढ्दै गईरहेको देखिएको छ। आवेदन दिने अन्तिम समयमा अन्तिम समयमा आउदा फण्डमा आवेदन दिनेको सङख्या ह्वात्तै बढेको तथ्यांङ्कले पनि देखाएको छ।
कोष प्रवर्द्धक हिमालयन बैंक र योजना व्यवस्थापक हिमालयन क्यापिटल रहेका ‘हिमालयन ८०–२०’ योजनाका कुल १ अर्ब रुपैयाँबराबरको इकाइ गत साउन ३२ गतेबाट बिक्री खुला गरिएको थियो। अन्तिम समयमा यस फण्डप्रति लगानीकर्ताको आकर्षण बढेसँगै फण्डले म्याद थप समेत गरेको छ।
यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ जारी गरिएको छ। कुल इकाइमध्ये १ करोड ५० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन पेस गर्न सक्नेछन्। ‘हिमालयन ८०–२०’ योजनाका इकाइहरु साउन ३२ गतेबाट बिक्री खुला भईरहेको छ ।
विगत ३० वर्षदेखि आफ्ना ग्राहकमा विभिन्न सेवा प्रदान गर्दै आएको हिमालयन बैंक देशको अग्रणी वित्तीय संस्थामध्ये स्थापित हुन सफल रहेको छ। कोष व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेडले यस सामूहिक लगानी कोषको व्यवस्थापन राष्ट्रिय तथा अन्तराष्ट्रिय पुंजी बजारको नविनतम तथा उत्तम अभ्यासहरु अपनाई गर्नेछ।
यस योजनाको कुल लगानीमध्ये ८० प्रतिशत पुँजी तथा वित्त बजारका दीर्घकालीन लगानीमार्फत कम्पाउन्डिङ प्रतिफलसहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २० प्रतिशत पुँजी तथा वित्त बजारको उतारचढावमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने सिद्धान्तका आधारमा सञ्चालन गरी लगानीकर्तालाई उच्चतम प्रतिफलको अनुभव प्रदान गर्ने गरी सञ्चालन गर्ने हिमालयन क्यापिटलले जनाएको छ।
यो योजनामा ४४ हजार ३८७ आवेदकबाट कुल ८ करोड ४ लाख २ हजार १३० इकाइका लागि खरिद आवेदन परिसकेको छ। तथ्यांक अनुसार भोलिसम्म यो योजनामा मागबमोजिम आवेदन पर्न सक्ने देखिएको छ।
यस्का विशेषता के–के हुन् ?
हिमालयन ८०–२० एउटा बन्दमुखी योजना हो, यसको अवधि १० वर्ष रहेको छ ।हाललाई रु १ अर्ब बराबरको इकाई जारी गर्ने भनिएपनि मागभन्दा बढि आवेदन परेको खण्डमा योजनाको आकार बढाएर अधिकतम रु १ अर्ब २५ करोड रुपैयाँसम्म सम्म पुर्याउन सकिन्छ ।
यो फण्ड रिटेल लगानीकर्तालाई उपयुक्त हुने गरी तयार पारिएको छ । फण्डबाट संकलन भएको रकम पूर्ण रुपमा तथ्याङ्कमा आधारित भएर लगानी गरिने छ । कुन स्टकमा लगानी गर्नु पर्छ भनेर तथ्याङ्कले नै देखाउँछ ।
साढे ३ वर्षको अनुभव लगाएर लगानीको रणनीति र लगानीका सहि उपकरणहरु छान्ने विधि तयार पारिएका छन् । यो स्किम ल्याउन हामीले धेरै समय खर्च गरेका छौँ र मेहेनत गरेका छौं । यस योजनाको रणनीतिली हामीले ब्याक टेस्ट गरेर हेर्दा नेप्से भन्दा बढी प्रतिफल सिर्जना हुने देखिएको थियो ।
आज बिहानसम्ममा यो योजनामा ४४ हजार ३८७ आवेदकबाट कुल ८ करोड ४ लाख २ हजार १३० इकाइका लागि खरिद आवेदन परिसकेको छ। यो तथ्यांकले भोलिसम्म यो योजनामा मागबमोजिम आवेदन पर्न सक्ने देखिएको छ।
कति प्रतिफल दिन सक्छ ?
यस योजनाबाट १० वर्षमा इकाईधनीहरुले २ सय प्रतिशत सम्म प्रतिफल पाउने प्रक्षेपण कम्पनीले गरेको छ ।
अनुमानहरु पुरा भएको खण्डमा प्रक्षेपण गरेजति प्रतिफल इकाईधनीहरुलाई दिन सक्ने कम्पनीको दाबी रहेको छ।
अबको १० वर्षमा वित्तीय संस्थाहरु बाट प्रवाह हुने कर्जा, मुद्रस्फृतिको डर र ,ब्याजदर लगायतका बिषयमा हामीले गरेका अनुमानहरुको आधारमा कम्पनीले प्रक्षेपण गरेर ल्याएको हुँदा इकाइधनीलाई उचित प्रतिफल दिन सकिने कम्पनीको भनाई छ।
फण्ड औसतमा वार्षिक २० प्रतिशत र योजना अवधिभरमा २ सय प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको छ ।