एनआईबीएल प्रगति फन्डको लाभांश घोषणा

१४ भाद्र २०८०, बिहीबार ०९:४३

काठमाडौं । एनआईबीएल  प्रगति फन्डले लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलको बुधबार बसेको बैठकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गर्ने निर्णय गरेको हो ।

एनआईबीएल प्रगति फन्डका इकाइधनीहरुले करसहित ६.८ प्रतिशत नगद लाभांश पाउने भएका छन् । जसअनुसार यो योजनाका इकाइधनीहरुलाई ५ करोड १० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटलले जनाएको छ ।

यो योजनाको कोष प्रवर्द्धकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*