गरिमा विकास बैंकको करिब ४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, जो कोहिले आवेदन दिन सक्ने
१४ भाद्र २०८०, बिहीबार ०९:३५
काठमाडौं । गरिमा विकास बैंकले तीन लाख ८२ हजार ८९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो ।
यसअघि संस्थापक शेयरधनीहरुका लागि यो सेयर बिक्रीमा राखिएको थियो। तर, तोकिएको ३५ दिनभित्र केही शेयरमा मात्र बिक्री भएकोले अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ ।
इच्छुक लगानीकर्ताले १५ दिनभित्र शेयर खरिदका लागि काठमाण्डौको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । संस्थापक सेयरधनीले बिक्री गर्न चाहेको सेयर संख्या र दरका विषयमा बैंकको केन्द्रीय कार्यालयमै सम्पर्क गर्न सकिनेछ ।