प्रदेश र स्थानीय तहका कर्मचारीलाई वैदेशिक अध्ययन तथा तालिमको लागि अवसर
काठमाडौं । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छात्रवृत्तिमा बैदेशिक अध्ययन गर्न तथा तालिम लिन चाहने प्रदेश तथा स्थानीय तहका कर्मचारीहरुको लागि अवसर खुलाएको छ ।
कोरिया, थाइल्यान्ड लगायतका देशहरुमा हुन गइरहेको कार्यक्रमका लागि सङ्घीय निजामती सेवाका कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम प्रदेश र स्थानीय तहमा समायोजन भएका, लोकसेवा आयोगको सिफारिसमा स्थानीय तहमा नियुक्ती भएका र प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई प्रदेश तथा स्थानीय तहमा नियुुक्त भएका कर्मचारीहरुलाई मनोनयन गर्न लागिएको हो । ५ वटा विभिन्न बिषयमा उक्त कार्यक्रम हुन लागेतापनि त्यसमा सिट संख्या भने खुलाइएको छैन् ।
2 noticeजापान सरकारबाट नेपाली सरकारी कर्मचारीहरुलाई दिइने छात्रवृत्ति कार्यक्रमका लागि आवेदन खुलाइएको छ । सङ्घीय निजामति सेवाका, कर्मचारी समायोजन ऐन २०७५ बमोजिम प्रदेश र स्थानीय तहमा समायोजन भएका, लोकसेवा आयोगको सिफारिसमा स्थानीय तहमा नियुक्ती भएका र प्रदेश लोक सेवा आयोगमा सिफारिस भई प्रदेश तथा स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरुले आवेद दिन पाउनेछन् । यसमा २२ जना कर्मचारीको माग गरिएको छ ।
1 noticeछात्रवृत्ति मनोनयनमा सम्बन्धित सेवा, समूह र श्रेणी भित्रका समावेशी महिला, आदिवासी तथा जनजाति, मधेसी, दलित, अपाङ्ग पिछडिएको क्षेत्र तथा हालसम्म अवसर नपाएका र दुर्गममा सबैभन्दा बढी समय काम गरेका आधारमा कर्मचारीहरुलाई समेत प्राथमिकता दिईने भएको छ ।