सूर्यज्योति लाइफद्वारा १५ लाखको घातक रोगको बीमाङ्क रकम भुक्तानी

१३ भाद्र २०८०, बुधबार १८:०८

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले पाल्पाकी सुशिला भट्टराईलाई घातक रोगको बीमाङ्क बापत १५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

आज पाल्पाको तानसेनमा सूर्यज्योति लाइफले आयोजना गरेको एजेन्सी विशेष कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै बीमित भट्टराईले बीमितलाई सहज र सरल तरिकाले छोटो समयमा दाबी भुक्तानी दिएकोमा आफ्नो रोगको उपचारका लागि १५ लाख रुपैयाँले धेरै सहयोग पुग्ने भन्दै मध्यम वर्गीए सबै नेपालीले अनिवार्य रुपमा आर्थिक जोखिम कम गर्न बीमा गर्नुपर्ने बताइन् ।

बीमा पोलिसी खरिद गर्दा निज बीमित तानसेन पाल्पाकी सुशिला भटराईले २ वर्ष अगाडी प्राण घातक रोगहरु बिरुद्धको १५ लाख रुपैयाँ रकम बराबरको औषधोपचार खर्च पाउने गरी बीमा गरेकी थिइन् । बीमितले घातक रोग बिरुद्धको सुविधा पाउँ भनी सम्पूर्ण कागजात पेश गरेको छोटो समयमै उक्त दाबी रकम सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भुक्तानी गरेको साखा प्रमुख पारसमणी पोखरेलले जानकारी दिएका छन् ।

कम्पनीले आयोजना गरेको बिशेष कार्यक्रममा अभिकर्ता, एजेन्सी म्यानेजर , क्षेत्रिय प्रबन्धक बिकास अधिकारी लगाएत कम्पनीका बिशेष ब्यक्तिहरुकमो उपस्थितिमा सुर्यज्योति लाइफ इन्स्योरेन्स चिफ एजेन्सी रिकुर्‍मेन्ट चरण तिमिल्सिना र शाखा प्रमुख पारसमणी पोखरेलले भटराईलाई चेक हस्तान्तरण गरेका हुन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*