लिवर्टी माइक्रो लाइफका अध्यक्ष निकोलस पाण्डेले लिए पथ तथा गोपनियताको सपथ
१३ भाद्र २०८०, बुधबार १५:५०
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष निकोलस पाण्डेलाई पद तथा गोपनीयताको शपथ लिएका छन् ।
अध्यक्ष सिलवालबाट प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । उक्त अवसरमा अध्यक्ष सिलवालले कम्पनीलाई तोकिएको प्रदेशमा उपस्थिति देखिने गरी काम गर्न बीमकका पदाधिकारीहरुलाई निर्देशन दिएको कम्पनीले जनाएको छ ।
शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक दिनेश कुमार लाल र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव उपस्थित रहेको थियो ।