सिटी होटलको शेयरमूल्य आज सर्वाधिक बृद्धि, अन्य कुनले कति कमाए ?
१३ भाद्र २०८०, बुधबार १२:१४
काठमाडौं । साता कारोबारको चौथों दिन अर्थात बुधबार शेयर बजार २.८२ अंकले घटेर १९९० को विन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतापनि केही कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज सिटी होटलको शेयरमूल्य सर्वाधिक प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य ९.८८ प्रतिशत अर्थात ६८ रुपैयाँले बढेर ७५६ रुपैयाँमा किनबेच भएको छ ।
त्यस्तै, सानिमा डिभेन्चर २०८७ को ५.७२ प्रतिशत, मायाखोला हाइड्रोपावरको ४.२३ प्रतिशत, एनआईबिएल ग्रोथ फण्डको ३.१२ प्रतिशतले शेयरमूल्य बढेको छ ।