यी १० कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
१३ भाद्र २०८०, बुधबार १५:१५
काठमाडौं । साता कारोबारको चौथो दिन नेप्से २ अंकले घटेको छ । नेप्सेमा गिरावट दखिएसँगै अधिकांश कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ ।
बुधबार सर्वाधिक सिद्धार्थ इक्विटी फण्डको शेयरमूल्य ७.९४ प्रतिशतले घटेको छ । दोस्रोमा मिथिला लघुवित्तको ६.०२ र तेस्रोमा कुथेली बुखरी स्मल हाइड्रोको ५.४८ प्रतिशतले घटेको छ । त्यस्तै, आशा लघुवित्त, नेपाल एसबिआई बैक लगायतको शेयरमूल्य सर्वाधिक घटेको छ ।