लाभांश घोषणा गरेको माछापुच्छ्रे बैंकको आज सर्वाधिक कारोबार, अन्य कुनको कति ?
१३ भाद्र २०८०, बुधबार १५:०६
काठमाडौं । साता कारोबारको चौथों दिन अर्थात बुधबार शेयर बजार २.८२ अंकले घटेर १९९० को विन्दुमा कायम भएको छ ।
शेयर बजार झिनो अंकले घटेतापनि आज लाभांश घोषणा गरेको माछापुच्छ्रे बैंक र आइएमई लाइफको सर्वाधिक शेयर कारोबार भएको छ । बुधबार बैंकको १० करोड रुपैयाँ र आइएमई लाइफको तीन करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, लक्ष्मी सनराइज बैंकको तीन करोड २ लाख, नबिल बैंकको तीन करोड रुपैयाँ र नेपाल दुरसञ्चार कम्पनीको दुुई करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
share