नेप्सेमा झिनो अंकको गिरावट, दुई उपसूचकमा उछाल
१३ भाद्र २०८०, बुधबार १५:०६
काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ । नेप्सेमा गिरावट आएतापनि आज ट्रेडिङ र होटल तथा पर्यटन उपसूचकमा उछाल आएको छ ।
आज नेप्स परीसूचक २ अंकले घटेर १९९० विन्दुमा कायम भएको छ । बुधबार नेप्सेमा ३८ लाख कित्ता शेयर किनबेच हुँदा १ अर्ब १३ करोडको कारोबार भएको छ ।
बुधबार ११ वटा उपसूचकमा रातो पोतिदा २ उपसूचक भने बढेको छ । आज ट्रेडिङ र होटल तथा पर्यटन उपसूचक समान १.३० प्रतिशतले बढेका छन् । आज सर्वाधिक ०.७० प्रतिशतको गिरावट उत्पादन तथा प्रशोधन उपसूचकमा देखिएको छ ।