याम्बालिङ्ग हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, साधारणसभा आज बस्दै

१३ भाद्र २०८०, बुधबार १०:३०

काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडको साधारणसभा आज होटल हार्दिकमा बस्दै छ ।

सभामा कम्पनीकले आईपीओ निष्काशन गर्ने सम्बन्धि प्रस्ताव पेश गर्न लागेको हो । कम्पनीले सिन्धुपाल्चोकमा ७.२७१ मेगावाटको याम्बलिङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

साधारण सभामा आव २०७९।८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण तथा अनुसूचीहरुमाथि छलफल गर्ने, आव २०८०।८१ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिको गत साउन २१ गतेको आईपीओ बाट प्राप्त रकम उपयोग सम्बन्धी निर्णय अनुमोदन गर्ने, सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने र संस्थापक समूहबाट ४ जना र स्वतन्त्र समूहबाट १ जना संचालकको निर्वाचन गर्ने सम्बन्धी साधारण प्रस्ताव पेश गर्नेछ ।

साथै, कम्पनीको ऐन २०६३ को दफा १०५ ख बमोजिम ऋण लिने सम्बन्धमा सञ्चालक समितिले २०७८ माघ १० गते र गत सालको असार १४ गते गरेको निर्णय अनुमोदन गर्ने सम्बन्धी विशेष प्रस्ताव पेश गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*