एयिशन लाइफ कलैया शाखा प्रमुख सोनालाल सहनी पक्राउ, हजरा खातुन हत्या काण्डको छानविनमा तानियो एशियन लाइफ

१२ भाद्र २०८०, मंगलवार २१:३९

काठमाडौं । बारा प्रहरीले एशियन लाइफ इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख सोनालाल सहनीलाई पक्राउ गरेको छ । बारा प्रहरीले शाखा प्रमुख सहनीलाई हिजो पक्राउ गरेको हो ।

बीमा दावी भुक्तानी लिन हत्या गरिएकी हजरा खातुनको अनुसन्धान गरिरहेको प्रहरीले हिजो पक्राउ पुर्जी जारी गरेरै हिराशतमा राखेर अनुसन्धान सुर गरेको छ । २०७९ भदौं १९ गते राति माइतीबाट घर ल्याउदैं गर्दा हजराका श्रीमान नाथु देवानले फेटा पुर्याएर हत्या गरी बीरगन्ज कलैया सडकमा पने मोतिसरा भन्ने स्थानमा दुर्घटना भएको झूठो विवरण दिएर एक करोड दुई लाख रूपैयाँ बीमा दावी भुक्तानी एशियन लाइफ इन्स्योरेन्स कम्पनीबाट लिएका थिए ।

घट्नामा एशियन लाइफ इन्स्योरेन्स कम्पनीका बीमा अभिकर्ता नासिर अन्सारीको मु्ख्य योजनामा घटेको र गत असार ३१ गते बीमा दावी भुक्तानी प्रक्रिया र हत्यारालाई रकम बाँडफाँड शाखा प्रमुखदेखि सिईओसम्मको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता रहेको तथ्य यसअघि नै बीमापोष्टले सार्वजनिक गरिसकेको छ ।

हत्यापछि बीमा रकम एक करोड दुई लाख रूपैयाँ मध्ये २२ लाख ५६ हजार ५७५ रूपैयाँ गैर कानुनी रुपमा बीमा अभिकर्तालाई भुक्तानी दिइएको थियो । सो कार्यमा सिईओ दिनेशलाल श्रेष्ठ र लेखा प्रमुखले चेक काटेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले घट्नाको विस्तृत अध्ययन भइसकेको र संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याई कारवाही गर्ने प्रतिबद्धता जनाउँदै आएको छ ।

यसअघि हजराका श्रीमान नाथु देवान, बीमा अभिकर्ता नासिर अन्सारी र अर्का अभियुक्त अफताप आलम पक्राउ परिसकेका छन् । बीमितको हत्या गरी दावी भुक्तानी लिने कार्यमा संलग्न रहेको आरोपमा बीमा कम्पनीका शाखा प्रमुख पक्राउ परेको यो पहिलो घट्नो हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*