धेरै बीमा शुल्क संकलन गरेर मात्रै हैन, म्याचुरिटीसम्म बीमितको साथ हुने अभिकर्ता सफल हुन्छन्ः बीमा विज्ञ घिमिरे
काठमाडौं । बीमा गराउदैमा सफल अभिकर्ता नहुने डा. रविन्द्र घिमिरेले औल्याएका छन् । बीमा गर्दा बीमितले दावी भुक्तानी बापत रकम फिता पाउने अर्थात म्याचुरिटी भुक्तानीसम्म बीमा अभिकर्ताहरू बीमितको साथ हुन आवश्यक रहेको उनले औंल्याएका छन् । यसरी निरन्तर र दीर्घकालिन सहकार्य गर्ने अभिकर्ताहरु मात्रै सफल बीमा अभिकर्ता हुने उनको भनाई छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बीमा सम्बन्धी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । बीमा विज्ञ घिमिरेले बीमा अभिकर्ताहरूको धेरै दायित्व रहेको बताउँदै यसको महत्व बुझेर काम गन सबलाइ अपिल गरेका छन् ।
बीमा अभिकर्ताले बीमाको गरेर मात्रै हुँदैन उसले बीमितको पोलिसी म्याचुरिटीसम्म सहभागी भए मात्रै पूरा हुने उनले बताए । बीमाशुल्क आर्जनको समयमा मात्र बढी प्रिमियम कलेक्सन गर्ने पछि ध्यान नदिँदा बीमा पोलिसी सरेण्डर र पोलिसी ल्याप्स पनि बढ्दै गएको उनको धारणा रहेको छ ।
हाल प्रिमियम कलेक्सनको आधारमा हेर्ने प्रचलन रहेको छ । तर दीर्घकालीन रुपमा अभिकर्ताले गर्ने कामले बीमा क्षेत्रलाई सुधारको बाटोतर्फ लान जरूरी रहेको बीमा विज्ञ डा. घिमिरेले बताए । नाफिजले आयोजना गरेको कार्यक्रममा पत्रकारहरूलाई बीमाबारे आवश्यक तालिम समेत दिइएको थियो । कार्यक्रमको संयोजन नाफिजकी रिना खत्रीले गरेकी थिइन् ।