माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा करिब ६ गुणा बढी आवेदन
काठमाडौं । माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओमा माग भन्दा साढे ६ गुणा भन्दा बढी आवेदन परेको छ । सिडिएससीका अनुसार कम्पनीको प्राथमिक शेयरमा ७ लाख २२ हजार १५९ आवेदकले ७९ लाख ३१ हजार कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन् । उक्त आवेदनबाट एक अर्ब ६३ करोड ३७ लाख ८६ हजार रुपैयाँ सङ्कलन भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुमा बिक्री नभएको ७९ हजार ३० कित्ता सहित गरी कुल १३ लाख ६ हजार ३०६ कित्ता शेयर निष्काशन गरेको हो । सोमध्ये कर्मचारीहरुका लागि २८ हजार ८५३ कित्ता र सामूहिक लगानी कोषका योजनाहरुका लागि ७२ हजार १३३ कित्ता शेयर बाँडफाँट गरिसकेको छ।
सर्वसाधारण लगानीकर्ताले अब बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गरेको हो ।