जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे १९ अर्ब रुपैयाँ, राष्ट्रिय बीमा र हिमालयन लाइफ अग्रस्थानमा उक्लियो
काठमाडौं । जीवन बीमा कम्पनीहरुले साउन महिनामा साढे १९ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।जीवन बीमा कम्पनीहरुले साउन महिनामा १९ अर्ब ६० करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
साउन महिनामा अग्रस्थामा नेपाल लाइफ रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसमम्मा ५ अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
दोस्रोमा राष्ट्रिय बीमा संस्थान रहेको छ ।कम्पनीले यस त्रैमाससम्म्मा ३ अर्ब ३४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
तेस्रोमा हिमालयन लाइफले १ अर्ब ९३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार एलआइसी नेपालले १ अर्ब ९२ करोड रुपैयाँ, नेशनल लाइफ इनस्योरेन्स कम्पनीले १ अर्ब ८० करोड रुपैयाँ, सूर्यज्योति लाइफले १ अर्ब एशियन लाइफ इन्स्योरेन्सले ८१ करोड ९९ लाख रुपैयाँ सानिमा रिलायन्स लाइफले ६६ करोड ८१ लाख रुपैयाँ, सिटिजन लाइफले ५७ करोड ९४लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ५४ करोड ११ लाख रुपैयाँ, आइएमई लाइफले ५२ करोड ५९ लाख रुपैयाँ, मेट लाइफले ४९ करोड २३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३८ करोड ११ लाख रुपैयाँ र सन नेपाल लाइफले ३५ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।