मिथिला लघुवित्तको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिवर्तन

१२ भाद्र २०८०, मंगलवार १३:५६

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर स्वामित्व परिवर्तन भएको छ । संस्थाले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिवर्तन गरेको हो ।

संस्थाले शेयर स्वामित्व परिवर्तन गर्दै संस्थापक समूहको ५१ प्रतिशतले ९ लाख ९९ हजार ६१४.०६ कित्ता र सर्वसाधारण समूहको ४९ प्रतिशतले ९ लाख ६० हजार ४१३.५ कित्ता कायम भएको छ । हाल नेप्सेमा मिथिला लघुवित्तको कुल १९ लाख ६० हजार २७.५६ कित्ता सेयर सूचीकृत छ ।

यसअघि संस्थामा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको थियो।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*