नेपाल पुनर्बीमा कम्पनीद्वारा ब्रोकरको नामावली सार्वजनिक, कुन-कुन कम्पनी भए छनोट ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले नेपाल रि रेट्रो प्रोग्रामको लागि ब्रोकर कम्पनी सार्वजनिक गरेको छ ।कम्पनीले सार्वजनिक खरिद ऐन अनुसार अ ब्रोकर कम्पनीको सूची सार्वजनिक गरेको हो ।
नेपाल पुनर्बीमामा यस वर्षका लागी विभिन्न मुलुकका २८ वटा पुनर्बीमा दलाल कम्पनी दर्ता भएका छन् ।कम्पनीले सार्वजनिक गरेका ब्रोकर मध्ये अधिकांश छिमेकी मुलक भारतमा रहेका कम्पनीहरु छन् । सो सूचिमा नेपाली कम्पनीहरु भने छैनन् ।
नेपालमा नेपाल रि–इन्स्योरेन्स कम्पनीले नेपालमा सञ्चालित बीमा कम्पनीहरुबाट २० प्रतिशत व्यवसायको अनिवार्य पुनर्बीमा गर्दै आएको छ । अधिकांश नेपाली बीमा कम्पनीहरूले विदेशका विभिन्न पुनर्बीमा कम्पनी या ब्रोकरमार्फत पुनर्बीको व्यवसाय गर्दै आएका छन् । पुनर्बीमा कम्पनीले नेपालमा व्यवसाय भित्राउन विदेशस्थित पुनर्बीमा ब्रोकर कम्पनसँग सहयकार्य गर्र्दै आएको छ ।
नेपाल पुनर्बीमा कम्पनीले आफ्नो जोखिमभारलाई अन्य पुनर्बीमकमा हस्तान्तरण गर्नको लागी नेपाल रि रेट्रो प्रोग्राम अन्तर्गत पुनर्बीमा दलालहरुको नामावली सार्वजनिक गरेको हो । रेट्रोसेशन मार्फत कम्पनीले प्राप्त गर्ने व्यवसायको आधारमा दलाल कम्पनीमार्फत् जोखिम बाँडफाँड सम्बन्धी सम्झौता गरेको हुन्छ ।
पुनर्बीमा दलाल भनेको बीमा कम्पनी र पुनर्बीमा कम्पनी बीच जोखिम तथा बीमा शुल्क बाँडफाँड गर्ने कार्य हो । पुनर्बीमा ब्रोकरले दुई पक्ष बीच पुलको काम गर्दछन् । यस्तो कम्पनीले पुनर्बीमा कम्पनी तथा बीमा कम्पनीको अध्ययन अनुसन्धान गरी जोखिम निर्धारण गर्छ ।
दलाल कम्पनीहरु प्राविधिक रुपमा दक्ष हुने भएकोले पुनर्बीमामा यसको धेरै नै महत्व हुन्छ । त्यसैले पुनर्बीमा प्रक्रियामा दलालको ठूलो हात रहन्छ । नेपालमा भने हालसम्म यस्तो दलालको दलालको व्यवस्था गरिएको छैन ।