यी १० कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
११ भाद्र २०८०, सोमबार १५:१४
काठमाडौं । सोमबार नेप्सेमा झिनो अंकको सुधार आएको छ । नेप्सेमा सुधार देखिएतापनि केही कम्पनीहरुको शेयरमूल्य भने घटेको छ ।
आज सर्वाधिक स्वाभिमान लघुवित्तको शेयरमूल्य ४.३८ प्रतिशतले घटेको छ । मनकामना स्मार्ट लघुवित्तको ३.५५ र मिर्मिरे लघुवित्तको शेयरमुल्य ३.४२ प्रतिशले घटेको छ ।
त्यस्तै, आज ग्लोबल आइएमई फण्ड १, पिपुल्स पावर, पिपुल्स हाइड्रोपावर, नेशनल लघुवित्त, मल्टिपर्पाेस फाइनान्स, इन्ग्वा हाइड्रोपावर र अरुण काबेलीको शेयरमूल्य सर्वाधिक घटेको छ ।