नबिल बैंक र सिटिजन बैंकको संस्थापक शेयर बिक्रीमा

११ भाद्र २०८०, सोमबार १४:२७

काठमाडौं । नबिल बैंक र सिटिजन्स बैंकले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

सिटिजन्स बैंकले ४ हजार ४९० दशमलव ३७ कित्ता र नबिल बैंकले २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित मितिले ३५ दिनभित्र सम्बन्धित बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्न सकिनेछ ।
साथै, तोकिएको समयावधिभित्र पनि संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*