आजदेखि दोस्रो बजारमा कारोबार भएको लक्ष्मी सनराइज बैंकको कति पुग्यो शेयरमूल्य ?
११ भाद्र २०८०, सोमबार १३:४८
काठमाडौं ।आइतबार शेयर नेप्सेमा सूचीकृत भएसँगै आज दोस्रो बजारमा कारोबारमा आएको लक्ष्मी सनराइज बैंकको शेयरमूल्य बढेको छ ।
भदौ १० गते लक्ष्मी सनराइज बैंकको २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएर कारोबारमा आएको हो ।
साविकको लक्ष्मी र सनराइज बैंक एकआपसमा मर्ज भएपश्चात् लक्ष्मी सनराइज बैंकको नाममा शेयर सूचीकृत भएको हो । नेप्सेले बैंकको पहिलो कारोबारका लागि १७३ रुपैयाँ ५ पैसा सुरुवाती मूल्य तोकेतापनि सोमबार दोस्रो बजारमा कारोबार हुँदा कम्पनीको शेयरमूल्य ५.४० प्रतिशतले बढेर १८२ रुपैयाँमा कारोबार भइरहेको छ ।