कुमारी इक्विटी फन्ड र कुमारी धनृवृद्धि योजनाले नगद लाभांश वितरण गर्न बुक क्लोज मिति तय
११ भाद्र २०८०, सोमबार ११:०५
काठमाडौं । कुमारी इक्विटी फन्ड र कुमारी धनृवृद्धि योजनाले नगद लाभांश वितरण गर्न बुक क्लोज मिति तय गरेका छन् ।
दुवै फन्डले नगद लाभांश वितरण गर्न भदौ १८ गते बुक क्लोज गर्नेछन् । यसर्थ, भदौ १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश दाबी गर्न पाउनेछन् ।कुमारी इक्विटी फन्ड र कुमारी धनृवृद्धि योजनाले आर्थिक वर्ष २०७९–८० को नाफाबाट क्रमशः १० प्रतिशत र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरीसकेका छन् । यी फन्डको योजना व्यवस्थापकमा कुमारी क्यापिटल रहेको छ ।