प्रि ओपन सेसनमा नेप्सेमा सुधारको संकेत
११ भाद्र २०८०, सोमबार ११:०३
प्रि ओपन सेसनमा नेप्सेमा सुधारको संकेत देखिएको छ । हिजो ओरालो लागेको बजार आज ०।६४ अंकले बढेको छ । यससँगै सूचक १९९४।०३ विन्दुमा आएको छ ।
५७ हजार ५३७ रुपैयाँको सेयर कारोबार भएको छ । ५ कम्पनीको १९७ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ६ पटक सेयर कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा २ वटाको मूल्य घटेको छ ।