कलश स्टक मार्केटको कारोबार सुरुवात

११ भाद्र २०८०, सोमबार १०:३५

काठमाडौं । नेपाल धितोपत्र वोर्ड वाट सिमित कार्य गर्न अनुमति प्राप्त संस्था कलश स्टक मार्केट प्रा.लि . (व्रोकर नम्वर ७४) ले कारोवार शुरु गरेको छ ।यही २०८० भदौं १० गते काठमाडौं महानगरपालिका वडा नं १० बुद्धनगर स्थित कम्पनीको कार्यालयमा बैदिक विधि पुर्वक स्वस्ती वाचन गरी ब्रोकर सेवाको शुभारम्भ गरिएको हो ।

प्रचलित कानुनको पुर्ण पालना र धितोपत्र बजारका क्षेत्रका आधारभुत मुल्य मान्यताहरुलाई आत्मसाथ गर्दै ग्राहकको सन्तुष्ठीलाई नै केन्द्रमा राखेर पारिवारिक वातावरणमा शिघ्र, सर्वसुलभ, विश्वसनीय प्रविधिमैत्री धितोपत्र दलाल सेवा सञ्चालन गर्न कम्पनी प्रतिवद्ध रहेको जनाइएको छ ।

सवैलाई पायक पर्ने स्थानमा कम्पनी कार्यालय रहेको, धितोपत्र बजार बैंक, वित्तिीय क्षेत्र लगायत विविध क्षेत्रका अनुभवी व्यक्तिहरुको व्यवस्थापनमा संलग्नता, सामुहिक निर्णय प्रकृया, प्रविधिमैत्री सेवा तथा ग्राहक सेवामा प्रतिवद्ध कर्मचारी नै कम्पनीको सवल पक्ष रहेको भनाई कार्यकारी अध्यक्ष शालिकराम अधिकारीले वताएका छन् ।

कम्पनीले सेवा शुभारम्भको विशेष अवसरमा विभिन्न छुट तथा सुविधा उपलव्ध गराउने वताएको छ । भविष्यमा आवश्यक प्रकृया पुरा गरी पोखरा लगायत प्रमुख शहरहरुमा शाखा विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ । साथै शेयर सम्बन्धमा जनचेतना जागृत गर्न संभाव्य स्थानहरुमा शेयर सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने सोच रहेको पनि कम्पनीले जनाएको छ ।

कम्पनीको मुख्य कार्यालय काठमाडौंको बुद्धनगर जस्तो सवैलाई पायक पर्ने स्थानमा पर्याप्त पार्किङ्ग सुविधा सहित कम्पनी कार्यालय रहेको, विहान वेलुका र विदाका दिनमा समेत आफ्ना ग्राहकलाई सक्दो सेवा दिन प्रतिवद्ध रहेको र अनलाईन सुविधा समेत प्रदान गरिएको भनाई कम्पनीको रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*