सोनापुर मिनरल्स एन्ड आयलको आइपीओमा आजसम्म आवेदन दिन पाइने
सोनापुर मिनरल्स एन्ड आयल लिमिडको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज भदौ ११ गते सोमबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।
यता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आइपीओमा आवेदन दिने म्याद थप भएको छ । स्थानीय बासिन्दाले यस कम्पनीको आइपीओमा अब भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
सोनापुर मिनरल्सले साउन २९ गतेदेखि प्रिमियममा आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँको दरले १५ लाख ३७ हजार ५२५ कित्ता आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको हो ।
त्यस्तै, फेस भ्याल्यू १०० रुपैयाँमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसाको दरले १० लाख ७६ हजार २६८ कित्ता सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको छ । यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ७६ हजार २६८ कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।