सन् २०२३ का लागि एमडिआरटी ग्लोबल कन्फ्रेन्समा सहभागी हुन कुन कम्पनीबाट कति अभिकर्ताको योग्य भए ?
काठमाडौं । सन् २०२३ का लागि नेपालबाट एमडिआरटी ग्लोबल कन्फ्रेन्सका लागि प्रतिनिधित्व गर्दै जीवन बीमा कम्पनीबाट सहभागी हुन नेपालबाट सिंगापुर गईसकेका छन् ।
कम्पनीले भव्यताका साथ अभिकर्ताहरुलाई बिदाई समेत गरिसकेका छन् । जसमा कम्पनीको मात्रै नभई राष्ट्रको इतिहास जोडिने हुँदा कम्पनीहरुले एमडिआरटी ग्लोबल कन्फ्रेन्सलाई बिशेष प्राथमिकतामा राख्ने गर्दछन् ।
सन् २०२२ का लागि नेपाललबाट मात्रै एक हजार भन्दा धेरै एमडिआरटी क्वालिफाइड हुन सफल भएका थिए । यसअघिको लागि ३७ लाख ९२ हजार तीन सय रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्ने टार्गेट रहेको थियो ।
सिओटीका लागि भने एक करोड १३ लाख ७६ हजार रुपैयाँ र टिओटीका लागि २ करोड २३ लाख ५३ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गनुपर्ने प्रावधान रहेको थियो ।हरेक शाखा कार्यालयले एमडिआरटी बनाइरहेका हुन्थे तर यस वर्ष प्रायः शाखा कार्यलायहरुमा आर्थिक मन्दीको प्रभाव देखिएको छ।
यस बर्ष सबैभन्दा धेरै सानिमा रिलायन्स लाइफबाट भने ६ जना अभिकर्ता नमिता न्यौपाने, श्याम गुरुङ, भावना तिम्सिना, हिमालदेवी गुरुङ, सिता भट्टराई र कल्पना बिष्ट, सिटिजन लाइफबाट सन्तोष खरेल, हिमालयन लाइफबाट रामकुमार अधिकारी र काशिराम ढकाल सिंगापुर प्रस्थान गरिसकेका छन् । त्यस्तै, एलआईसी नेपालबाट दुईजनाको सहभागी रहेका छन् ।
सन् २०२३ का लागि नेपालबाट एमडिआरटी ग्लोबल कन्फ्रेन्सका लागि प्रतिनिधित्व गर्दै जीवन बीमा कम्पनीबाट सहभागी हुन नेपालबाट सिंगापुर गईसकेका छन् ।कम्पनीले भव्यताका साथ अभिकर्ताहरुलाई बिदाई समेत गरिसकेका छन् । जसमा कम्पनीको मात्रै नभई राष्ट्रको इतिहास जोडिने हुँदा कम्पनीहरुले एमडिआरटी ग्लोबल कन्फ्रेन्सलाई बिशेष प्राथमिकतामा राख्ने गर्दछन् ।
सन् २०२२ का लागि नेपाललबाट मात्रै एक हजार भन्दा धेरै एमडिआरटी क्वालिफाइड हुन सफल भएका थिए । यसअघिको लागि ३७ लाख ९२ हजार तीन सय रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्ने टार्गेट रहेको थियो ।
सिओटीका लागि भने एक करोड १३ लाख ७६ हजार रुपैयाँ र टिओटीका लागि २ करोड २३ लाख ५३ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गनुपर्ने प्रावधान रहेको थियो ।हरेक शाखा कार्यालयले एमडिआरटी बनाइरहेका हुन्थे तर यस वर्ष प्रायः शाखा कार्यलायहरुमा आर्थिक मन्दीको प्रभाव देखिएको छ।
सन् २०२२ मा अष्ट्रेलियामा सम्पन्न भएको एमडिआरटी ग्लोबल कन्फ्रेन्मा नेपालबाट राम्रो सहभागिता थियो । जहाँ नेपालीहरुले नेपालको झण्डा सहित आफूलाई प्रस्तुत गरेका थिए ।
के हो एमडीआरटी ?
एमडीआरटी संस्थालाई विश्वभरका व्यवसायीक अभिकर्ताहरुको प्रतिनिधिमूलक संस्थाको रुपमा लिइन्छ । यस संस्थामा हालसम्म ७२ देशका ५०० कम्पनी आबद्ध भएका छन् ।
दिएको लक्ष्य पूरा गर्ने र सदस्यता शुल्क तिरेका विश्वभरका अभिकर्ताहरुले सो सम्मेलनमा सहभागीता समेत जनाउन पाउने व्यवस्था छ ।
के हुन्छ फाइदा ?
यस संस्थाको लक्ष्य हासिल गर्नुलाई हरेक अभिकर्ताको प्रतिष्ठाको विषयको रुपमा लिइन्छ । अभिकर्ताहरुको क्षमता अभिवृद्धिका लागि यस संस्थाको सम्मेलन महत्वपूर्ण मानिन्छ । बजारमा यस संस्थाको टार्गेट पूरा गरेका अभिकर्तालाई हेर्ने नजर राम्रो हुने र स्वयं अभिकर्तालाई पनि आफ्नो क्षमता अभिवृद्धिमा सहयोग पुग्ने भएकाले यसप्रति अभिकर्ताको आकर्षण बढ्दै गएको देखिन्छ ।
नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले यस संस्थाको सदस्यता लिएका छन् । यस संस्थामा आबद्ध भएको नेपालको पहिलो जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) हो । एलआइसी नेपालले सबैभन्दा पहिले यस संस्थाको सदस्यता लिएको थियो ।
पछिल्लो समय भने अन्य नयाँ तथा पुराना जीवन बीमा कम्पनीहरुले समेत यस संस्थाको सदस्यता लिएका छन् । एमडीआरटीको सम्मेलन हरेक वर्ष फरक फरक देशमा हुने गर्र्दछ । नेतृत्व विकास र क्षमता अभिबृद्धिका लागि एमडीआरटीलाई उत्कृष्ट अन्तर्राष्ट्रिय प्लेटफर्मको रुपमा समेत लिने गरिन्छ ।