माण्डु हाइड्रोपावर डेभलपमेन्टको आईपीओमा पहिलो दिनमा कतिको पर्यो आवेदन ?
काठमाडौं । माण्डु हाइड्रोपावर डेभलपमेन्टको आईपीओ पहिलो दिन नै माग भन्दा झण्डै दोब्बर आवेदन परेको छ । सिडिएससीका अनुसार आज पहिलो दिनमा नै कम्पनीको आइपऋीोमा करिब २ गुणा बढी आवेदन परेको हो ।
कम्पनीको प्राथमिक शेयरमा २ लाख १५ हजार ८४० आवेदकले २४ लाख ८ हजार ९९० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन्। उक्त आवेदनबाट ४९ करोड ६२ लाख ५१ हजार ९४० रुपैयाँ सङ्कलन भएको छ। जुन माग भन्दा १।९९ गुणा बढी हो। कम्पनीले १२ लाख पाँच हजार ३२० कित्ताको लागि आवेदन आह्वान गरेको थियो।
माण्डु हाइड्रोपावरले आइतबार ९भदौ १० गते०देखि सर्वसाधारणका लागि प्राथमिक शेयर ९आईपीओ० निष्काशनमा ल्याएको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले पहिलो चरणमा जारी पूँजीको २ प्रतिशत अर्थात २ करोड ७२ लाख ७३ हजार रुपैयाँ बराबरको २ लाख ७२ हजार ७३० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र सर्वसाधारणका लागि निष्काशन गरिने शेयरको १० प्रतिशत अर्थात १ करोड ३६ लाख ३६ हजार ४०० रुपैयाँ बराबरको १ लाख ३६ हजार ३६४ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।