नेशनल हाइड्रोपावरले १३ लाख कित्ता शेयर लिलाम गर्ने
काठमाडा । नेशनल हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशन गर्दा विक्री नभएको सर्वसाधारण समूहतर्फको १३ लाख ३६ हजार ७४२ दशमलव ७१७८ कित्ता शेयर भदौ १३ गतेदेखि लिलाम गर्ने भएको छ ।
कम्पनीले असार २९ देखि साउन १८ गतेसम्म १ कित्ता शेयर बराबर ०.५० कित्ता अर्थात् ५० प्रतिशत अनुपातमा ८२ लाख २१ हजार ४ सय ५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर निकाष्शन गरेको थियो । जसमा रितपूर्वक आवेदन दिने २७ हजार ९ सय ९१ शेयरधनीहरुलाई ६८ लाख ८४ हजार ७ सय १७ कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको थियो । यसरी बाँकी रहेको अवितरित शेयर लिलाम गर्न लागेको हो ।
लिलामीको उक्त शेयरमा मुक्तिनाथ क्यापिटलको कार्यालय नक्साल साथै मुक्तीनाथ विकास बेंकका ठिमी, कुमारीपाटी, इलाम, विराटनगर, इटहरी, बुटवल, पोखरा, नारायणगढ, विरगंज, जनकपुर, नेपालगंज, सुर्खेत र धनगढीबाट आवेदन दिन सकिने छ ।
न्यूनतम १०० कित्ताको लागि र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयरको मूल्य न्यूनतम १०० रुपैयाँ तोकिएको छ । रकम बोलकबोल गर्दा सो भन्दा बढी रकम कबुल गरी आवेदन दिनुपर्ने छ । सबैभन्दा बढी मूल्य कबुल गर्नेले पहिला र दोस्रो बढी मुल्य कबोल गर्नेले शेयर पाउनेछ । शेयर कित्ता बाँकी रहदासम्म यही प्रकियाबाट शेयर बाँडफाँड हुने छ । कम्पनीले ५ लाख भन्दा बढीको आवेदन दिनेलाई प्यान नम्बर अनिवार्य गरेको छ ।
शेयर लिलाम तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ भने लिलामीको शेयरमा भदौ २४ गतेसम्म आवेदन दिन सकिने छ ।