पुरानै मूल्यमा फर्कियो नागरिक रिपब्लिक मिडियाको शेयर

१० भाद्र २०८०, आईतवार १५:३४

काठमाडौं ।  नागरिक रिपब्लिक मिडियाको शेयर आज पुरानै मूल्यमा फर्केको छ । विवादित नागरिक रिपब्लिक मिडियाको सुरुवाती दिनमा नै चर्को आलोचना भएको थियो।

साउन २१ गते पहिलोपटक शेयर बजारमा कारोबार हुँदा २५० रुपैयाँ ४० पैसामा कारोबार खुला भएर २७५ रुपैयाँ ४० पैसामा बजार बन्द भएको थियो ।

‘एनआरएम’ कोडमा कारोबार भइरहेको उक्त कम्पनीले लगातार तीन दिनसम्म सर्किट लेभलमा कारोबार भएर ३ सय ८ रुपैयाँ ९० पैसासम्म पुगेको थियो । चौथो दिन इन्ट्रा डेमा ३५४ रुपैयाँ ७० पैसाको अधिकतम मूल्यमा कारोबार भएर सोही दिन ३ सय ६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भयो । त्यस लगत्तै लगातार घटिरहेको एनआरएमको शेयरले करिब ३ हप्तापछि शुरुवाती मूल्यकै हाराहारीमा कारोबार भइरहेको छ । आइतबार बजार बन्द हुँदा भने २५५ रुपैयाँमा अन्तिम कारोबार भयो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*