बुटवलमा इन्स्योरेन्स इन्स्टिच्युट नेपालको बीमा सम्बन्धी तालिम सम्पन्न

१० भाद्र २०८०, आईतवार १४:०२

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालको आयोजना र नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेशको समन्वयमा भदौ ८ देखि ९ गतेसम्म द एस आर होटल बुटवलमा जीवन तथा निर्जीवन बीमा कम्पनीका अण्डराइटिङ्ग शाखामा कार्यरत कर्मचारीहरुको बृद्धि विकास गर्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको थियो ।

जीवन बीमा तर्फ फाइनान्सियल अन्डरराइटिङ र मेडिकल अन्डराइटिङ सम्बन्धी बिषयमा केस स्टडी समेतलाई समेटी प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए । उक्त तालिममा लामो समय बीमा क्षेत्रमा काम गरेका अनुभवी प्रशिक्षकद्वय क्रमश ः दिग बिजय सिंघाल र कमल प्रसाद अर्याल तालिममा प्रशिक्षकको रुपमा प्रशिक्षण गरेका थिए ।

जीवन बीमा कम्पनीबाट तालिममा सहभागीहरुको तस्विर

त्यसैगरी निर्जीवन वीमा कम्पनी तर्फ मोटोर अन्डरराइटिङ र प्रोपर्टी अन्डरराइटिङ सम्बन्धी विषयमा केश स्टडी समेतलाई समेटी प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए । उक्त तालिममा प्रशिक्षकको रुपमा प्रतिभा मिश्र र प्रज्वल आचार्यले प्रशिक्षण गरेका थिए ।

निर्जीवन बीमा कम्पनीबाट तालिममा सहभागीहरुको तस्विर

उक्त कार्यक्रममा बीमा प्राधिकरण लुम्बिनी प्रदेशका कार्यालय प्रमुख पूर्ण बहादुर थापा प्रमुख अतिथीको रुपमा उपस्थित भएको कार्यक्रममा आईएनएन का तर्फबाट गणेश शर्माले कार्यक्रम संचालन गरेका थिए । बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयको तर्फबाट उक्त तालिममा कर्मचारीहरुको सहभागीता रहेको थियो । सो अवसरमा तालिममा सहभागीहरुले आफूले व्यवहारिक ज्ञान सिकेको र सो ज्ञानलाई व्यवहारमा उतार्ने समेत प्रतिवद्तता व्यक्त गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*