लघुवित्तहरुलाई ‘फर्स्ट टाइम अडप्सन’को आधारमा वित्तीय विवरण पेश गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुलाई ‘फर्स्ट टाइम अडप्सन’का आधारमा वित्तीय विवरण तयार गरि पेश गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले एउटा परिपत्र जारी गर्दै लघुवित्त तथा वित्तिय संस्थाहरुलाई यस्तो निर्देशन दिएको छ ।
लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. ४–०७९ को बुँदा नं. १(ग) अनुरुप लघुवित्त वित्तीय संस्थाहरुले आर्थिक बर्ष २०७९–८० को वार्षिक वित्तीय विवरण अनिवार्य रुपमा नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएसएस) अनुसार तयार गरी पेश गनुपर्ने नियम रहेको छ ।
यसअघि आव २०७८र७९ मा ‘फर्स्ट टाइम अडप्सन’ को मापदण्ड अनुसारको एनएफआरएसएसमा आधारित वित्तीय विवरण समानान्तर रुपमा तयार गरी पेस गरेको छ ।
एनएफआरएसएस अनुसार अघिल्लो वित्तीय विवरणमा भएका विभिन्न शीर्षकका मौज्दातलाई जीएएपी बमोजिम लेखाङ्कन भई स्वीकृत भएका केही शीर्षकहरु जस्तै– आयकर, कर्मचारी बोनस, कोषमा छुट्टाउने पर्ने रकमलगायतका विषयमा समस्या आउनसक्ने देखिएको हुँदा आव २०७९–८० को वित्तीय विवरणसमेत यो व्यवस्था लागू गर्न राष्ट्र बैकले निर्देशन दिएको छ