आँखु खोला जलविद्युत कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न आयोगको स्वीकृति

१० भाद्र २०८०, आईतवार ११:०७

काठमाडौं । आँखु खोला जलविद्युत कम्पनी लिमिटेडलाई १ः१.५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगले स्वीकृति दिएको छ ।

८.४ मेवा वाट क्षमताको आँखु खोला–१ जलविद्युत आयोजनाले साउन ३० गते हकप्रद शेयर निष्काशनको लागि निवेदन पेश गरेको थियो । सोही निवेदन बमोजिम कम्पनीको हाल कायम ८० करोडको चुक्ता पूँजीको १ः१.५ को अनुपातमा हकप्रद शेयर जारी गर्नका लागि आयोगको भदौ ७ गतेको बैठकले स्वीकृति दिने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*