भगवती हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्ममा २१ गुणा बढीको आवेदन, कतिको होला हात खाली ?

९ भाद्र २०८०, शनिबार १३:०३

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्कासन आईपीओमा अन्तिम दिनसम्ममा २१।४८ गुणा बढी आवेदन परेको छ। कम्पनीको शेयरमा १३ लाख भन्दा बढी आवेदकको हात खाली हुने भएको छ ।

सेबोनको बाँडफाटँ प्रकृया अनुसार भगवती हाइड्रोपावरको शेयर ७१ हजार २२२ जनाले मात्र प्राप्त गर्नेछन् ।

केन्द्रीय निक्षेप प्रणाली ९सिडिएससी०का अनुसार शुक्रबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा १३ लाख ८८ हजार ११५ आवेदकले एक करोड ५३ लाख ३ हजार ६५० कित्ताको लागि आवेदन दिएका हुन्। उक्त आवेदनबाट एक अर्ब ७७ करोड ५२ लाख २३ हजार ४०० रुपैयाँ सङ्कलन भएको छ। जुन माग भन्दा २१।४८ गुणा बढी हो। कम्पनीले ७ लाख १२ हजार २२० कित्ताको लागि आह्वान गरेको थियो।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत हुन आउने ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अङ्कित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँका दरले शेयर निष्कासन खुला गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*