यो साता कुन फाइनान्सको शेयर मूल्य बढ्यो वा घट्यो ?

९ भाद्र २०८०, शनिबार ०८:४१

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से परिसूचक ३१ अंकले घट्दा फाइनान्स उपसूचकमा सर्वाधिक २.९२ प्रतिशतको गिरावट आएको थियो ।

उक्त दिन फाइनान्स सेक्टरबाट १५ कम्पनीहरु कारोबारमा आएका थिए जसमा सबै १५ वटै कम्पनीको शेयरमूल्य घटेको छ । बिहीबार प्रोगेसिभ फाइनान्सको शेयरमूल्य सर्वाधिक ४.१५ प्रतिशतले घटेको छ । सर्वाधिक कम गुडविल फाइनान्सको १.३२ प्रतिशतले शेयरमूल्य घटेको छ ।

सोही दिन गोर्खा फाइनान्सको शेयर कारोबार सर्वाधिक ५३२ रुपैयाँमा भएको छ भने सर्वाधिक कम समृद्धि फाइनान्स कम्पनी लिमिटेडको २७३ रुपैयाँमा शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*