नारायणी र सांग्रिला विकास बैंकको शेयरमूल्यमा उच्च गिरावट, अन्य विकास बैंकको अवस्था कस्तो ?

८ भाद्र २०८०, शुक्रबार १७:२०

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा ३१ अंकको गिरावट आउदा विकास बैंक उपसूचकमा २.२३ प्रतिशतलको उच्च गिरावट आएको थियो ।

बिहीबार विकास बैंक सेक्टरबाट कुल १६ विकास बैंक कारोबारमा आएका थिए । जसमा १६ वटै विकास बैंकहरुको शेयरमूल्य घटेको छ । विहीबार सर्वाधिक नारायणी विकास बैंकको ३.८५ र सांग्रिला डेभलपमेन्ट विकास बैंकको ३.७८ ले शेयरमूल्य घटेको छ । सोही दिन ग्रीन विकास बैंकको शेयरमूल्य सर्वाधिक कम ०.१३ प्रतिशतले घटेको छ ।

कारोबारको अन्तिम दिन बिहीबार मितेरी विकास बैंकको शेयर सर्वाधिक ४०३ रुपैयाँमा कारोबार भएको छ भने सप्तकोशी विकास बैंकको सर्वाधिक कम २३६ रुपैयाँमा शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*