नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको झण्डै ४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

८ भाद्र २०८०, शुक्रबार १२:४४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख ७१ हजार १८१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले आवश्यक कागजात सहित सूचना प्रकाशित मिति (भदौ ८) ले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, दरवारमार्ग काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

तोकिएको समयावधिभित्र पनि शेयर खरिदको लागि कुनै आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अगाडि बढाइने समेत बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*