सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा डिजिटल बीमाको शुभारम्भ
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतिय माध्यमवाट बीमालेख जारी गर्न तथा दाबी फर्छयौट गर्न SPIL- DIGI प्रणाली प्रचलनमा ल्याएको छ । सरल र सहज वीमा सेवा प्रदान गर्ने मुख्य उद्धेश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक प्रचलनमा ल्याएको SPIL-DIGI को प्रयोगले बीमितहरुले सहज रुपमा अनलाइनवाटै वीमालेख खरिद गर्न सक्नेछन् भने निश्चित रकम सम्मको वीमा दावी फर्छयौट गरी भुक्तानी समेत प्राप्त गर्न सक्नेछन् ।
नेपाल वीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठद्धारा संयुक्त रुपमा एक समारोहका विच SPIL-DIGI प्रणालीको शुभारम्भ गरियो । शुभारम्भ समारोहलाई सम्वोधन गर्दै अध्यक्ष सिलवालले कम्पनीको प्रयासलाई सराहना गर्दै यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न शुभकामना दिएका छन् । कम्पनीका अध्यक्ष श्रेष्ठले कम्पनीले विद्युतिय माध्यमवाट प्रभावकारी वीमा सेवा प्रदान गर्न क्रियासिल रहेको बताए । प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले क्रमिक रुपमा वीमा सेवालाई प्रविधियुक्त वनाउने हाम्रो लक्ष्य अनुरुप यो पहिलो प्रयास भएको र यसलाई अझ प्रभावकारी वनाउने तर्फ थप कृयासिल रहने प्रतिवद्धता व्यक्त व्यक्त गरे ।
SPIL-DIGI डिजिटल प्रणाली भएको हुदा अनलाईन भुक्तानी मार्फत कम्पनीमा विमा शुल्क भुक्तानी गरी भौतिक रुपमा उपस्थिति विना विमालेख खरिद गर्न सकिनेछ । बीमितले निश्चित रकम सम्मको वीमा दावी फर्छयौट गरी भुक्तानी लिन र बीमा दावीको अवस्थाको वारेमा जानकारी समेत लिन सक्नेछन् यसवाट समय र लागत घट्न जाने र झन्झट रहित तरिकावाट वीमा सेवा लिन एवम् प्रदान सहयोग पुग्ने विश्वास गरिएको छ ।
[email protected]