शेयर धितो कर्जामा गरेको कडाईका कारण तीन वर्षमा कर्जा लिनेहरूको सङ्ख्यामा उच्च गिरावट

८ भाद्र २०८०, शुक्रबार १०:५३

काठमाडौं । पछिल्लो तीन वर्षमा सेयर धितो राखेर कर्जा लिनेहरूको सङ्ख्यामा उच्चगिरावट आएको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गएको तीन वर्षमा मार्जिन प्रकृतिको कर्जामा २८ प्रतिशतको गिरावट आएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा सेयर धितोमा १ खर्ब ६० अर्ब ६६ करोड रुपैयाँ बराबरको कर्जा लगानी गरेका बैंकहरूले आर्थिक वर्ष २०७९/८० मा जम्मा ७६ अर्ब ३० करोड ८० लाख रुपैयाँ बराबरको मात्र लगानी गरेका छन् ।

मौद्रिक नीतिमार्फत् केन्द्रीय बैंकले सेयर धितो कर्जामा गरेको कडाइका कारण बैंकहरूको लगानी घटेको हो । राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमार्फत् मार्जिन प्रकृतिको कर्जाको जोखिम भार १५० प्रतिशत तोकिदिएको थियो । यस्तो मार्जिन प्रकृतिको कर्जा लगानीमा बैंकहरूले न्यूनतम ४ करोड रुपैयाँदेखि अधिकतम १२ करोड रुपैयाँसम्म मात्र लगानी गर्न पाउने सीमा तोकिदिएको थियो।

अनुत्पादक क्षेत्रमा बैंकहरूको लगानी गएको निष्कर्षसहित यस्तो व्यवस्था गरिएकोमा लगानीकर्ताहरूको तीव्र विरोधका बाबजुद केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत् मार्जिन लेन्डिङको ४(१२ को तल्लो सीमा खारेज गर्दै माथिल्लो सीमा १२ करोड कायम राखेको थियो ।

तर, सेयर बजारको निरन्तरको गिरावटको एउटा प्रमुख कारण यही १२ करोडको सीमा रहेको बताउँदै लगानीकर्ताहरूले सीमारहित खुल्ला नीति अवलम्वन गर्न केन्द्रीय बैंकमाथि निरन्तर दबाब दिइरहे । र, पनि केन्द्रीय बैंकले उक्त १२ करोडको सीमा हालसम्म कायम राखेको छ । जसको प्रभाव बैंकहरूको लगानीमा देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरूको कर्जा लगानीमा गरिएको नियन्त्रणपछि गएको तीन वर्षमा मार्जिन प्रकृतिको कर्जामा २८ प्रतिशतसम्मको गिरावट आएको छ । आर्थिक वर्ष २०७७र७८ मा बैंकहरूले सेयर धितो कर्जामा कूल १ खर्ब ६ अर्ब २८ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेकामा २०७९र८० मा उक्त कर्जा लगानी झरेर ७६ अर्ब ३० करोड ८० लाख रुपैयाँमा झरेको छ ।

आर्थिक वर्ष २०७८र७९ यस्तो सेयर धितो कर्जामा बैंक तथा वित्तीय संस्थाहरूले ८० अर्ब ५० करोड ७० लाख रुपैयाँ लगानी गरेका थिए । गएको तीन वर्षमा जम्मा २ खर्ब ६३ अर्ब १० करोड रुपैयाँ सेयर धितोमा कर्जा लगानी गरेका बैंकहरूले क्रमशः २४।३ प्रतिशत र ५।२ प्रतिशतले लगानी घटाएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*