शाइन रेसङ्गुा डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, न्युनतम मूल्य कति ?
८ भाद्र २०८०, शुक्रबार ०९:३८
काठमाडौं । शाइन रेसङ्गुा डेभलपमेन्ट बैंक लिमिटेडले लिलामी मार्फत २० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता शेयरको मूल्य १४५ रुपैयाँ तोकेको छ ।
उक्त शेयरमा आज (भदौ ८ गते) देखि भदौ १७ गतेसम्म खरिद आवेदन दिन सकिने भएको छ । सो शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले एनआईसी एशिया क्यापिटलको कार्यालय थापाथली, काठमाडौमा गोप्य बोलपत्र पेश गर्न सकिने बैंकले जनाएको छ ।