सांग्रिला बैंकको साढे तीन लाख कित्ता संस्थापक शेयर बिक्रीमा, जो–कोहीले दिन सक्ने आवेदन
८ भाद्र २०८०, शुक्रबार ०९:५१
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयरधनीको नाममा रहेको तीन लाख ३४ हजार ८७४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
उक्त शेयर खरिद गर्ने पहिलो हक विद्यमान शेयरधनीहरुलाई दिइएकोमा शेयरुधनीहरबाट तोकिएको समयावधिभित्र पनि आवेदन नपरेपछि सो संस्थापक शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्रीको लागि खुला गरिएको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक जो–कोहीले सूचना प्रकाशित मितिले १५ दिनभित्र आवश्यक कागजात प्रमाण सहित बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन दिन सेक्नेछन् ।