भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (भदौ ८ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत हुन आउने ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अङ्कित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँका दरले शेयर निष्कासन खुला गरेको छ ।
कम्पनीले कुल ८ लाख ५८ हजार ९७ कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये ८५ हजार ८१० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि बिक्री गरिसकेको छ भने ४२ हजार ९०५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ। त्यसैगरी, कम्पनीले १७ हजार १६२ कित्ता शेयर कर्मचारीहरूका लागि छुट्टाएको छ। बाँकी रहेको ७ लाख १२ हजार २२० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
न्यूनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने सङ्ख्यामा अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ ।