आठ बीमा कम्पनीहरुलाई प्राधिकरणले हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिने, कुनले कति पाँउदैछन् ?

७ भाद्र २०८०, बिहीबार २०:३७

काठमाडौं । मर्जरमा गएर पुँजि पुराउन नसकेका र स्वत पुँजि पुराउन लागेको बीमा कम्पनीहरुलाई बीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको छ । प्राधिकरणले चार जीवन र चार वटा निर्जीवन बीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको हो ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीलाई ४२ प्रतिशत हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको छ ।

त्यस्तै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीलाई २० प्रतिशत हकप्रद सेयर सुर्यज्योति लाइफ इन्स्योरेन्सले १० प्रतिशत हकप्रद सेयर प्रभु महालक्ष्मी लाइफले भने १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएका छन् ।

निर्जिवन बीमातर्फ युनाइटेड अजोड इन्स्योरेन्सले ३२ प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको छ ।

त्यस्तै, नेको इन्स्योरेन्सले २५ प्रतिशत र सानिमा जिआईसीले २५ प्रतिशत र हिमालयन एभरेस्ट इन्स्योरेन्सले १२ प्रतिशतहकप्रद सेयर जारी गर्ने अनुमति पाएका छन् ।

प्राधिकरणले बीमा कम्पनीहरुलाई २०८० असार मसान्त भित्र जीवन बीमा कम्पनीहरुका हकमा ५ अर्ब र निर्जीबन बीमा कम्पनीहरुका हकमा २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने व्यवस्था गरेको थियो ।

One thought on “आठ बीमा कम्पनीहरुलाई प्राधिकरणले हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिने, कुनले कति पाँउदैछन् ?

  1. Ashok Sah Kanu says:

    Non life ko 3 wata matra ho?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*